गण्डकी


पोखरामा ४१औं राष्ट्रिय जुनियर तथा युवा गोष्ठी

पोखरामा ४१औं राष्ट्रिय जुनियर तथा युवा गोष्ठी

नेपालखबर
पुस ७, २०८० शनिबार १८:१५, पोखरा

पोखरामा दुई दिने राष्ट्रिय जुनियर तथा युवा गोष्ठी सुरु भएको छ।

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको आयोजना एवम् युवा रेडक्रस सर्कल श्री शिवशक्ती माध्यमिक विद्यालयको आतिथ्यतामा आयोजित गोष्ठीमा महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता थियो।

“विश्वव्यापीरुपमा अभिप्रेरित, स्थानीयरुपमा सशक्तिकृतः जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने मूल नाराका साथ प्रारम्भ भएको हो। 

गोष्ठीमा नेपाल रेडक्रस सोसाइटीका ६१ जिल्लाबाट नेरेसो पदाधिकारी, सदस्य र जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधिको उपस्थिति छ।

गोष्ठीलाई सम्बोधन गर्ने क्रममा मन्त्री आचार्यले नेपाल रेडक्रस सोसाइटीका ११ लाखभन्दा धेरै स्वयंसेवकहरुले वर्षेनी ३० लाखभन्दा धेरै मानिसहरुलाई सेवा पुर्‍याएकोमा समग्र नेरेसो परिवारलाई धन्यवाद व्यक्त गरे। उनले रेडक्रसमा आबद्ध युवाहरु राष्ट्रिय सेवामा समर्पित रहेको बताए।

‘नेपाल रेडक्रसका युवाहरु सिगो देशको मूल आधार हुन्। यस गोष्ठीले मानवीय क्षेत्रमा अपार योगदान पुगेको छ। नेपाल रेडक्रस सोसाइटीले युवाहरूको क्षमता, प्राविधिक दक्षता र प्रभावकारी सेवा प्रदान गर्ने भावनाको विकास गरेको छ,’ उनले भने।

नेपालमा रेडक्रस कानूनद्धारा नेपाल रेडक्रस सोसाइटी सञ्चालन गर्नुपर्ने आवश्यकता नेपाल सरकारले महसुस गरेको पनि उनले बताए। ‘रेडक्रस कानून निर्माणका लागि आवश्यक प्रक्रिया पनि थालनी भइसकेको छ,’ उनले भने। 

यसैगरी नेरेसोको ४१औं राष्ट्रिय जुनियर तथा युवा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले युवाहरुको यो गोष्ठी शान्ति र मानवताको पर्याय भएको र नेपालका हरेक क्षेत्रबाट मानवताको विजारोपण गर्ने महाअभियान रहेको बताए। 

यसका साथै प्राध्यापक नेपालले उपस्थित सबैलाई उहाँहरुको समय, प्रेरणा, हौसला र मार्गदर्शनका लागि आभार व्यक्त गर्दै युवाहरुबाट आफुले सिक्न पाउने अवसर रहेको पनि बताए।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको नेपालमस्थित कार्यालयका प्रमुख अजमत उल्लाले रेडक्रस अभियानको प्रारम्भ नै स्वयम्सेवाबाट भएको स्मरण गर्दै मानवीय सेवामा स्वयम्सेवाको ठूलो आवश्यकता रहेको बताए।

नेरेसोका उपाध्यक्ष राधा नेपालीले नेपाल रेडक्रस सोसाइटीमा आबद्ध जुनियर तथा युवाहरु नै नेपाल रेडक्रस सोसाइटीका आधारस्तम्भ रहेको बताइन्। 

नेरेसोले विभिन्न समयमा युवा शसक्तिकरणका गतिविधिहरु सञ्चालन गर्दै आएको समेत बताइन्।

नेरेसो कास्की जिल्ला शाखाका सभापती डण्डराज शर्मा पौडेलले गोष्ठीमा उपस्थित सम्पूर्ण महानुभवहरुलाई स्वागत गर्दै नेरेसो कास्की जिल्ला शाखाले यो गोष्ठी आयोजना गर्ने गहन जिम्मेवारी प्राप्त गर्न पाएकोमा समग्र जिल्ला शाखा परिवार हर्षित भएको बताए।

४१औं राष्ट्रिय जुनियर तथा युवा गोष्ठी उद्घाटन सत्रको सभापतित्व नेरेसो केन्द्रीय सदस्य एमव् राष्ट्रिय जुनियर तथा युवा रेडक्रस समितिका संयोजक विष्णुराज नेपालले गरेका थिए। गोष्ठीको प्रारम्भिक सत्र कार्यक्रमको समापन मन्तत्वका क्रममा राष्ट्रिय स्तरमा जुनियर तथा युवाहरुले पुर्‍याएको योगदानको उच्च प्रसंसा उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad