पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ र ८ को बीचमा पर्ने तमादी खोलामा आएको पहिरोसहितको बाढीले एउटा टाटा सुमो बगाएको छ।
ग १ छ ६२१३ नम्बरको टाटा सुमो गाडीमा चालकसहित ४ जना सवार थिए।
चालकले गाडी रोकेर ओट हाल्दै गर्दा अचानक आएको बाढीले गाडी बगाएको पर्वत प्रहरी प्रमुख डीएसपी खुमलाल भुषालले जनाएका छन्।
गाडीमा भएका यात्रुको परिचय खुलेको छैन। उनीहरु सवै पुरुष हुन्।
गाडी बागलुङबाट पोखरा आउँदै थियो।
111
Shares

प्रतिक्रिया