ad ad

गण्डकी


पहिले छोरीलाई विष खुवाएर पछि आमाले खाइन्, तर आफू मात्र बाँचेपछि जेल गइन्

पहिले छोरीलाई विष खुवाएर पछि आमाले खाइन्, तर आफू मात्र बाँचेपछि जेल गइन्

नेपालखबर
साउन १८, २०८० बिहिबार १९:१७, तनहुँ

तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाई हत्या गरेको कसुरमा आमालाई ३ वर्ष कैद फैसला सुनाएको छ। 

अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले बुधबार उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए। 

सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यु लिगलिग प्यालेस एन्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष खाएको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए। 

उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो। सुष्मा भने उपचारपश्चात् बाँचिन्। सो घटनामा उनका पति मनोज विकले २०७७ माघ २५ गते सुष्माविरुद्ध जाहेरी दिएका थिए। 

घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा थिए।

सुष्मालाई प्रहरीले २०७८ साउन ३० गते पक्राउ गरेको थियो।

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .