ad ad

खेल


फिफा महिला विश्वकप : डेब्यु खेलबाटै अन्तिम १६ मा पुग्यो मोरक्को

फिफा महिला विश्वकप : डेब्यु खेलबाटै अन्तिम १६ मा पुग्यो मोरक्को

नेपालखबर
साउन १८, २०८० बिहिबार १९:२२, काठमाडौँ

दुई पटकको विजेता जर्मनी फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिँदा डेब्यु खेल खेलिरहेको मोरक्को भने अन्तिम १६ मा पुगेको छ। 

बिहीबार ब्रिसवेन स्टेडियम अष्ट्रेलियामा भएको समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरी गरेपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो। 

समूह चरणको अर्को खेलमा कोलम्बिया मोरक्कोसँग पराजित भएपछि जर्मनी महिला विश्वकपको इतिहासमा पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो। जर्मनीले यसअघिका सबै संस्करणमा समूह चरण पार गरेको थियो। 

खेलको सुरुवातमा नै १–० ले पछि परेको जर्मनी खेलमा फर्किएपनि जित निकाल्न सकेन। 

खेलको छैटौँ मिनेटमा नै सो ह्युन चो को गोलमा दक्षिण कोरियाले अग्रता बनाएको थियो। खेलको ४२औं मिनेटमा एलेसान्द्रा पोपको गोलमा जर्मनी बराबरीमा आएको थियो। 

तर दोस्रो हाफमा जर्मनीले केही दबाब बनाएपनि गोल निकाल्न नसकेपछि समूह चरणबाटै बाहिरिएको हो। 

आज नै भएको समुहको अर्को खेलमा कोलम्बियालाई १–० ले पराजित गर्दै मोरक्को अन्तिम १६ मा पुगेको छ। 

विश्वकपमा डेब्यु गरेको मोरक्को समूह उपविजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको हो। 

पर्थ रेक्टेङ्गुलर स्टेडियम अष्ट्रेलियामा भएको खेलमा एनिसा लहमारीले गरेको गोल नै निर्णायक बन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .