गण्डकी


सहारालाई केसी परिवारको सहयोग

सहारालाई केसी परिवारको सहयोग

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार २१:५८, पाेखरा

स्वर्गीय सूर्यबहादुर केसी परिवारले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।

स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाई सहयोग प्रदान गरेको हो। वार्षिक सहयोग गर्ने प्रतिबद्धता अनुसार दोस्रो वर्षको आर्थिक सहयोग हस्तान्तरण गरेको हो।

केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) लाई सहयोग हस्तान्तरण गरिन्।

कार्यक्रममा छोरा एवं युवा उद्योगी प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि आफ्नो परिवार एकेडेमीको सञ्चालनमा जोडिएको बताए। उनले भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघिबढ्ने प्रतिवद्धता व्यक्त गरे।

हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो बुबाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको बताए। उनले आफ्नो बुबाको काम र विचारलाई स्थापित गर्नेसँगै जिवन्त बनाई राख्ने प्रण गरे।

कार्यक्रममा पूर्व एसएसपी कृष्णबहादुर थापा, सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङलगायतले स्व. केसीको जीवनी र समाजसेवाका विविध क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए।

गत वर्ष स्व केसी परिवारले क्लवले सञ्चालन गर्दै आइरहेको एकेडेमीको जिम्मेवारी लिँदै वार्षिक १५ लाख १० वर्षसम्म प्रदान गर्ने सम्झौता गरेको थियो।

यसैबिच कार्यक्रममा स्व. जुमबहादुर गुरुङको स्मृतिमा उनको परिवारले अक्षयकोषको स्थापना गरेको छ। बिहीबार सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आयोजित कार्यक्रममा स्व गुरुङकी श्रीमती तुलसी गुरुङले आफ्ना श्रीमान्को स्मृतिमा ५० हजार रुपैयाँको अध्यक्षकोष सञ्चालन गर्ने गरि रकम हस्तान्तरण गरेकी हुन्।

हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले सहारा क्लवले आयोजना गर्ने ‘आहा–रारा !’ गोल्डकप प्रतियोगिताको मुख्य प्रायोजनसमेत गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .