कला


धुलिखेलमा भएको विपश्यन रनवेमा देखिए नेपालीसहित विदेशी मोडल

धुलिखेलमा भएको विपश्यन रनवेमा देखिए नेपालीसहित विदेशी मोडल

नेपालखबर
चैत १९, २०८१ मंगलबार १८:१८, काठमाडौँ

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय विपश्यन रनवे शो सम्पन्न भएको छ।

धुलिखेल विश्वविद्यालयको परिसरमा आइतबार भएको रनवेमा नेपालसहित विदेशका ब्युटी पेजेन्टका विजेताहरुले फेसन प्रस्तुत गरे।  

यस फेसन रनवे शोका सञ्चालक डा. सन्तोष उपाध्यायका अनुसार विश्वका चारजना विजेताहरु रनवेमा र्यापमा हिडेका थिए। मिस ग्लोब २०२३ आन्भी खेयरादेखि मिस्टर सुप्रानेसनल २०१८ का विजेता प्रथमेश मौलिंगकर, मिस सुप्रानेसनल मलेसिया २०२२ मेलिशा लिन र मिस सुप्रानेसनल म्यानमार २०२४ म्यो सानदार विन रनवेमा देखिए। 

त्यसैगरी, नेपालबाट भने मिस एन्ड मिस्टर नेपाल २०२४ का विजेतासहित पूर्वविजेताहरुको उपस्थिति थियो। मिस सुप्रानेसनल सजिना खनाल, मिस्टर सुप्रानेसनल धिरोज काजी बस्नेत, मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस्टर टुरिज्म नेपाल मिलन भट्टराई, मिस इन्टरकन्टिनेन्टल आयुष्नोभा ढुंगाना र मिस्टर इन्टरनेशनल क्षितिज श्रेष्ठ क्षत्री रनवेमा सहभागी भए।

साथै पूर्व मिस सुप्रानेसनल केशु खड्का, पूर्व मिस्टर इन्टरनेशनल प्रज्वल ताम्राकारसहित पूर्व मिस सुप्रानेसनल तथा होस्टेल ३ की अभिनेत्री समा पराजुलीले पनि मञ्चमा र्याप देखाए। पहिलो सिजनमा विपश्यनले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गरेको थियो। वर्ल्ड युथ फेस्टिभलका अध्यक्ष दीपक गौतमले विभिन्न विधामध्ये मनोरञ्जनक्षेत्रलाई समेटेर विश्वमा सन्देश दिन रनवे गरिएको बताए। 

‘विपश्यन: शान्तिको लागि रनवे’ नारा रहेको रनवेको जलवायु परिवर्तनसम्बन्धि वकालत र जनचेतना फैलाउनु लक्ष्य रहेको सञ्चालक उपाध्यायले जानकारी दिए। 

‘यो रनवे नभएर एक सन्देश पनि हो। जुन शिक्षाको माध्यमबाट सुरू गरिनुपर्छ भनेर हामीले पहिलो संस्करण कलेजबाट सुरू गरेका हौं। यो रनवे प्रकृति र मानवबीचको संगम हो। यसका आगामी सिजनहरु प्रकृतिको काखमा विभिन्न स्थलहरुमा गरिनेछ। विश्वका चर्चित अनुहारलाई ल्याइनेछ। जसको माध्यमबाट जलवायु परिवर्तन पर्यटकिय स्थलको प्रवर्द्धन तथा विश्वमै जलवायु परिवर्तनलाई न्युनिकरणगर्न सकिन्छ भन्ने हो,’उनले भने। 

त्यस्तै, मिस एन्ड मिस्टर नेसनल नेपाल २०२५ का प्रतिस्पर्धीहरुले पनि रनवेमा सहभागी गराइएको थियो। रनवेमा सहभागीहरुले ज्वाला राज डिजाइन्स, सुदेश्ना श्रेष्ठ, नोभेम्बर क्लोथिङ, लाम्युज-भिभा ला भ्याके, इलारिसा अफिसियल र सोनम सुब्बा लिम्बुले तयार पारेका पहिरन लगाएका थिए। 

रनवेमा एक हजार बढीको सहभागिता रहेको आयोजकले जनाएको छ। अब मिस एन्ड मिस्टर नेसनल २०२५ को ग्रान्ड फिनाले अप्रिलको अन्तिममा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad