कला


‘मन बिनाको धन-२’ मा अभिनेत्री गौरी मल्ल अनुबन्धित

‘मन बिनाको धन-२’ मा अभिनेत्री गौरी मल्ल अनुबन्धित

नेपालखबर
साउन ४, २०८३ सोमबार १४:९, काठमाडौँ

संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्ने फिल्म ‘मन बिनाको धन-२’ मा वरिष्ठ अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छन्। निर्माण पक्षका अनुसार उनीसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको छ।

गौरी मल्लको प्रवेशसँगै चलचित्रको कलाकार टोली अझ सशक्त बनेको निर्माण टिमले जनाएको छ। यसअघि फिल्ममा सरोज खनाल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। साथै किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठलगायतका अनुभवी कलाकारको पनि अभिनय रहनेछ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्देशक बुढाथोकीले नै तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीत-संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ। विष्णुमाया मैनाली बुढाथोकी फिल्मकी निर्माता हुन्।

पहिलो श्रृंखला ‘मन बिनाको धन’ मा अभिनय गरेका अशोक दर्जी र एआर बुढाथोकी दोस्रो भागमा हुने वा नहुनेबारे निर्माण पक्षले खुलाएको छैन।

निर्माण टिमका अनुसार चलचित्रको छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ। काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि चलचित्रको मुख्य छायांकन गरिने तयारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad