बहुप्रतिक्षीत भारतीय फिल्म ‘रामायण’ को ट्रेलर अनलाइनमा लिक भएको छ।
शनिबार भारतको नयाँ दिल्लीमा फिल्मको ट्रेलर प्रदर्शन गर्ने कार्यक्रम राखिएको थियो। जहाँ कडा सुरक्षा व्यवस्थाबीच आयोजित कार्यक्रममा मोबाइलबाट ट्रेलर खिच्न निषेध गरिएको थियो।
तैपनि फिल्मको ट्रेलर अनलाइनमा लिक भएको छ। भाइरल ट्रेलरको क्लिप्समा रणवीर कपुरलाई रामको अवतारमा देख्न सकिन्छ। उनको इन्ट्री निकै सानदार देखिएको छ।
घोडामा सवार उनले आँखामा पट्टी बाँधेर धनुष-बाण (प्राचीन हतियार) चलाएका छन्। त्यस्तै, साई पल्लवीलाई सीता, यशलाई रावण, सन्नीलाई हनुमान, अरुण गोविल राजा दशरथ र लारा दत्ता कैकईको भूमिकामा देखिएका छन्।
नितेश तिवारी निर्देशित यस फिल्ममा काजल अग्रवाल, विवेक ओबेरोय, रकुल प्रीत सिंहलगायतका कलाकारहरूको अभिनय रहेको छ ‘रामायण’को पहिलो भाग तिहारमा रिलिज हुँदै छ।
निर्माण पक्षले फिल्मको ट्रेलर आउँदो शुक्रबार युट्युबमा सार्वजनिक गर्ने तयारी गरेको छ। तर, त्यसअघि नै ट्रेलरका महत्त्वपूर्ण दृश्यहरू लिक भएपछि सुरक्षा व्यवस्थामाथि धेरै प्रश्न उठेका छन्।
Shares

प्रतिक्रिया