कला


दशैँ तिहार गीत ‘फूलको माला हरर’ सार्वजनिक (भिडियो)


नेपालखबर
असोज १४ ,

नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाइ नाच्ने गाउने रमाइलो बनाउनको लागि अस्ट्रेलिया निवासी गायक सञ्जीव खरेलले दशैँ तिहार गीत ‘फूलको माला हरर’ लिएर स्रोता दर्शक माझ आएका छन्।

दोस्रो गीत ‘बादल’ आएको करिव ५ महिना पछी गायक खरेलको ‘फूलको माला हरर’ नेपाली सांगीतिक बजारमा आएको हो। गीतमा डिपी खनालको शब्द र सञ्जीव खरेलको नै संगीत रहेको छ। गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका हुन्।

गीतको भिडियोमा चर्चित नायक तथा मोडेल कोशिश छेत्री, रश्मी भट्ट, अन्जु चौलागाई, लगायतको जिवन्त अभिनय रहेको छ भने भिडियोमा सुर्य लामाको छायांकन र फराज अर्पनको भिडियो सम्पादन एवम् निर्देशनमा रहेको छ।

भिडियोलाई सञ्जीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

असोज १४, २०७६ मंगलबार ९:५८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad