समाज


१४औं हेल्थकेयर इष्ट गोष्ठीमा नर्भिक अस्पताल सहभागी

१४औं हेल्थकेयर इष्ट गोष्ठीमा नर्भिक अस्पताल सहभागी

नेपालखबर
असोज १४, २०७६ मंगलबार ९:५६,

 कन्फडेरेसन अफ इन्डियन इण्डष्ट्रीद्वारा यही असोज ९ गते भारतको कोलकातामा स्वास्थ्य सेवाबारे आयोजित १ दिने विशेष गोष्ठीमा नेपालबाट नर्भिक अस्पताल पनि सहभागी भएको छ। अल्पविकसित एवम् विकासोन्मुख राष्ट्रहरुमा स्वास्थ्यसेवाको अवस्थाबारे उक्त गोष्ठीमा अस्पतालले आफ्नो अवधारणा पत्र प्रस्तुत गरेको हो ।

गोष्ठीमा भारत लगायत अन्य दक्षिण एशियाली राष्ट्रहरुका निजी क्षेत्रका करपोरेट हस्पिटलहरुको सहभागिता रहेको थियो। उक्त गोष्ठीमा नर्भिकको प्रतिनिधित्व गर्दै यसको मातृ संस्थाका कार्यकारी निर्देशक मनिस खेम्काले आफ्नो अवधारणा पत्र पेश गर्दै नेपालमा हाल विद्यमान स्वास्थ्य सेवाको अवस्थाबारे प्रकाश पारे।

उनले हाम्रो परिपे्रक्ष्यमा हाल विद्यमान स्वास्थ्य सेवाका प्राविधिक पक्षमा टिप्पणी गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई फराकिलो पार्न तथा आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ र सबैको पहुँचभित्र कसरी पार्ने भन्ने कुरामा पनि जोड दिए।

cii 2

दक्षिण एसियाको यस क्षेत्रमा स्वास्थ्य सेवामा विविधीकरण, रोगको प्रभावकारी रोकथाम, निदान र प्रभावकारी उपचारका लागि प्रविधि हस्तान्तरण अत्यन्तै आवश्यकताको विषय भएको भन्दै त्यस फाँटमा सहयोग एवम् सद्भावको आदान–प्रदान अति जरुरी भएको उनले बताए। दक्षिण एशियाली राष्ट्रहरूका स्वास्थ्य सेवामा अग्रणी भूमिका निभाइरहेका स्वास्थ्य सेवा प्रदायक संघ संस्थाहरूले तत्सम्बन्धमा सहयोग पु¥याउनुपर्ने उनको धारणा थियो। 

स्वास्थ्य सेवामा थ्रिडी प्रिन्टिङ्ग, इम्युनोथेरापी, वायो सेन्सर्स एण्ड ट्र्याकर्स, टेलिमेडिसिन, अनलाइन परामर्श र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले हाम्रो भेगमा सेवाको स्तर उकास्न मद्दत पुग्नसक्ने धारणा खेम्काले राखे। 

नेपाल सरकारले पनि नेपाली जनताको स्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याउन केही राम्रा कामको थालनी गरे पनि ती अपर्याप्त भएको उनले बताए । नेपाल सरकारले हालै सर्वसाधारणको स्वास्थ्य वीमा योजना लागू गरेको कुरा स्वागतयोग्य भएको बताउँदै त्यसले राम्रो भविष्य निर्माणमा सहयोग पु¥याउने भएता पनि नतिजा आउन समय लाग्ने जिकिर उनले गरे ।

प्रत्येक वर्ष स्तरीय स्वास्थ्य सेवाको खोजीमा नेपालीहरूले करिब १ अर्ब अमेरिकी डलर नेपाल बाहिर खर्च गर्ने अनुमान रहेको बताउँदै त्यसलाई नेपाल भित्रै राख्न स्तरीय एवम् विश्वसनीय स्वास्थ्य सेवा पस्कन आफूहरु तयार भएको खेम्काले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad