गायक राजेश पायल राईको घरमा आगलागी भएको छ। बानेश्वरमा रहेको उनको घरमा सोमबार साँझ आगलागी भएको हो।
आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।
गायक राई साङ्गीतिक कार्यक्रमका लागि यतिबेला नेपाल बाहिर रहेका छन्।
गायक राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडा केही नभएको प्रतिक्रिया दिएका छन्।
उनले लेखेका छन्, ‘म पीडामा छैन किनकी तपाइँहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा, पीडा हैन। मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँबाटै हार्दिक नमन। अवार्ड जले होलान् तर तपाइँहरुले दिएको आशिर्वाद माया, सुझाव नजलोस्। म सदा तपाइँहरुकै काखमा लुट्पुटिने मान्छे।’

प्रतिक्रिया