खेल


साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार ९:३९,

नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गरेका अखिल नेपाल फुटबल स‌ंघ (एन्फा)ले जनाएको छ। गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ भने छनोटबाट बाहिरिएका छन्।

छनोट भएका खेलाडीमा गोलरक्षक विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा र एन्जल महर्जन छन्। त्यसैगरी मिडफिल्डरमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, कौशल फुयाँल र नितिन थापा छन् भने स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छनोटमा परेका छन्।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ। नेपालको समूहमा माल्दिभ्स र भुटान छन् । त्यस्तै अर्को समूहमा बङ्गलादेश, भारत र श्रीलङ्का छन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। आगामी असोज ३ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एफिएफ) मैदानमा हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad