साहित्यकार झमक घिमिरेको आत्म कथा ‘जीवन काँडा कि फूल’ माथि बनेको फिल्मको ट्रेलर सार्वजनिक भएको छ।
फिल्म कात्तिकमा रिलिज हुनेछ। फिल्ममा झमक सानो छँदाको भूमिकामा अवस्था थापा र ठूलो हुँदाको भूमिकामा रोजिता बुद्धचार्यको अभिनय रहेको छ।
फिल्ममा कथा झमक घिमिरेको, मुक्ति उपाध्याय बरालको पटकथा र संवाद रहेको छ। फिल्मको निर्माण तथा निर्देशन विनोद विष्टले गरेका हुन्।
भदौ १२, २०७६ बिहिबार १२:१३

प्रतिक्रिया