मोरङको विराटनगरमा नेपाली र भारतीय डाका समूहले २० लाख ९० हजार रुपैयाँ लुटपाट गरेको छ। बुधबार राति चार जना नेपाली र तीन जना भारतीय डाकाहरुको समूहले उक्त रकम लुटपाट गरी भारतीय स्कोर्पियोमा राखेको अवस्थामा रकम बरामद भएको मोरङ प्रहरीले जनाएको छ।
पथरीस्थित शनिश्चरे नगरपालिका १ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतको टोलीले बीआर३२पीए२८३६ नम्बरको भारतीय स्कोर्पियोबाट रकम बरामद गरी सातै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। स्कोर्पियोबाट अन्य लुटपाट सामग्री समेत बरामद गरेको प्रहरीले जनाएको छ।
उनीहरुविरुद्ध थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया