कला


नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भर्चुअल हुने

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भर्चुअल हुने

नेपालखबर
असार १, २०७८ मंगलबार १३:९,

अमेरिकाको म्यारिल्याण्ड राज्यमा भौतिक रुपमा आयोजना हुँदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२१ यहि जुन महिनाको १७–२० सम्म अनलाइनबाट हुने भएको छ।

चार दिनसम्म संचालन हुने महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० वटा चलचित्रहरु प्रदर्शन हुने कुरा आयोजकले जानकारी गराएका छन्। 

जुनको १७ तारिक बिहिबार साँझ भर्चुअल रुपमा चलचित्र महोत्सवको उद्घाटन भएर २० तारिक आइतबार साँझ समापन समारोह तथा पुरस्कार वितरण हुनेछ।

महोत्सव अवधिभर स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत निशुल्क हेर्न सकिनेछ।

प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ।

चलचित्र महोत्सव २०२१ का लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछ।

नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन्।

महोत्सवमा आवेदन परेका चलचित्रहरुलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।

कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो। २०२१ को संस्करण भने भर्चुअल रुपमा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad