आन्विका गिरीका दुई पुस्तक ‘सानीका ज्ञानी कुरा’ र ‘आमाले सक्नुहुन्छ’ सार्वजनिक भएको छ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पुस्तकको पाण्डुलिपी पढेका चार बालबालिकाले संयुक्तरुपमा विमोचन गरेका हुन्। दुवै पुस्तकमा बालबालिकाले भोग्ने यौन हिंसा, उनीहरुको मनोज्ञिान र परिवारको जिम्मेवारी र भूमिका केलाइएको छ।
‘सानीका ज्ञानी कुरा’ बाल यौन दुव्र्यबहारका बारेमा बुझाउने सचित्र बालपुस्तक हो। त्यस्तै, ‘आमाले सक्नुहुन्छ’ बाल कथाको श्रृंखला हो। दुवै पुस्तकमाथि बोल्दै प्राध्यापक केदारभक्त माथेमा, नेतृ सरिता गिरी र चिकित्सक डा. अरुणा उप्रेतिले आ–आफ्नो धारणा राखेका थिए। उनीहरुले बालबालिकामाथि हुने यौन घोषणको बारेमा सचित्र ब्याख्या गर्न सफल भएकोमा लेखकलाई बधाई दिए।
सांग्रीला बुक्शले बजारमा ल्याएको पुस्तकको मूल्य २९५ रुपैयाँ (आमाले सक्नुहुन्छ) र २२५ (सानीका ज्ञानी कुरा) रहेको छ।

प्रतिक्रिया