कारोबार


बजार घटे पनि बिक्री र कारोबार बढ्यो, माछापुच्छ्रे बैंककाे ५ कराेडकाे सेयर बिक्री

बजार घटे पनि बिक्री र कारोबार बढ्यो, माछापुच्छ्रे बैंककाे ५ कराेडकाे सेयर बिक्री

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १०:०,

सेयरबजारमा आज बजार कारोबार मापन गर्ने नेप्से सूचक १ दशमलव ८६ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज पनि बजार घट्दा १२२४.०३ विन्दुमा सूचक आइपुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज १.२४ अंकले घटेको छ।

कुल १ सय ५९ कम्पनीको कारोबार भएकामा आज १६ लाख कित्ता सेयर बिक्री भएका छन्। अघिल्लो दिन १० लाख कित्ता सेयर बिक्री भएको थियो। त्यस्तै कारोबार रकम पनि आज बढेको छ। अघिल्लो दिन २५ करोडको मात्रै कारोबार भएको सेयरबजारमा आज ४२ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। आज दिनभरिमा ५ हजार ९ सय ११ पटक खरिदबिक्री भएको थियो।

कुल १२ समूहको कारोबार भएकामा वाणिज्य बैंक, ऊर्जा, अन्य, माइक्रोफाइनान्स र म्युचुअल फन्डको कारोबार सूचक रातो हुँदा बाँकी समूहको भने कारोबार सूचक बढेको देखिएको छ। आज धेरै कारोबार हुने कम्पनीमा भने माछापुच्छ्रे बैंक लिमिटेड अगाडि छ। बैंकको ५ करोड ३७ लाखको प्रतिकित्ता २ सय ५५ रुपैयाँमा सेयर कारोबार भएको छ।

त्यस्तै, सनराइज बैंक लिमिटेड प्रोमोटर सेयर धेरै कारोबार हुने कम्पनीमा दोस्रो स्थानमा परेको छ। कम्पनीको ४ करोड ८२ लाखको, प्रभु बैंकको २ करोड ३७ लाखको, नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड ३६ लाखको, एनआईसी एसिया बैंकको २ करोड ५ लाखको सेयर किनबेच भएको छ।

कमाइका आधारमा आज मञ्जुश्री फाइनान्स अगाडि छ। कम्पनीका सेयरधनीले आज ६.५६ प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै, विशाल बजार कम्पनीका सेयरधनीले पनि आज ६.०३ प्रतिशत अर्थात् ७९ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २६ रुपैयाँ कमाउँदा हिमालयन डिस्टिलरीका सेयरधनीले ५६ रुपैयाँ आम्दानी गरेका छन्। रकमका आधारमा भने आज राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रोमोटर सेयरका सेयरधनीले २ सय १५ रुपैयाँ प्रतिकित्ता आम्दानी गर्न सफल भएका छन्। त्यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सेयरधनीले प्रतिकित्ता १ सय ८३ रुपैयाँ आम्दानी गरेका छन्।

आज घाटा व्यहोर्नेमा भने वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सेयरधनी परेका छन्। उनीहरुले प्रतिकित्ता ५.६१ प्रतिशत गुमाएको नेप्सेले जनाएको छ। त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका सेयरधनीले ५.३१ प्रतिशत, पाँचथर पावर कम्पान्ट लिमिटेडका लगानीकर्ताले ३.३३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले ३.१५ प्रतिशत र नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २.९८ प्रतिशत गुमाएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .