कोरियाकै के–पपमा आवद्ध गायिकाले साईको ग्याङनम स्टाइलको रेकर्ड तोड्न सफल भएकी हुन्।
ब्ल्याक पिंकमा आवद्ध गायिका रोजले आफ्नो पहिलो एकल म्युजिक भिडिओ ‘अन द ग्राउन्ड’ सार्वजनिक गर्दा दुईवटा गिनिस वर्ल्ड रेकर्ड बनाइन्।
युट्युबमा अपलोड भएको २४ घण्टामै ४० मिलियनपटक यो भिडिओ हेरिएको हो।
यससँगै यो गीत कोरियामा २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडिओ बनेको हो।
यसअघि ग्याङनम स्टाइल यो सूचीमा थियो। यस्तै यो भिडिओले ‘मोस्ट भ्युअर्स फर द प्रिमियर भिडिओ अन युट्युब र मोस्ट भ्युअर्स फर द प्रिमियर अफ म्युजिक भिडिओ’को रेकर्ड पनि राखेको छ।
(ग्यांनम स्टाइलको रेकर्ड ताेड्ने गीत)
(ग्यांनम स्टाइल)
3
Shares

प्रतिक्रिया