कला


जब आँखामा टिलपिल आँसु पार्दै रणवीरले महेशसँग मागे आलियाको हात...

जब आँखामा टिलपिल आँसु पार्दै रणवीरले महेशसँग मागे आलियाको हात...

नेपालखबर
साउन २७, २०७६ सोमबार १२:१,

अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छिट्टै नै बिहे गर्ने तयारीमा छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीको विवाहको चर्चाले यतिबेला बलिउड सिने जगत तातेको छ।

विवाहका लागि रणवीरले अलियका पिता महेश भट्टसँग उनको हात मागेको समाचार सार्वजनिक भएको छ। भट्ट बलिउडका चर्चित फिल्मकर्मी हुन्।

मुम्बइ मिररको रिपोर्टअनुसार रणवीर आलियासँगको आफ्नो सम्बन्धलाई विवाहमा रुपान्तरण गर्ने निष्कर्षमा पुगेका छन् र उनले महेशसँग भेट गरेर विवाहका लागि आलियाको हात मागेका छन्।

रिपोर्ट अनुसार महेशसँग आलियाको हात माग्ने क्रममा रणवीर बढी नै भावुक भएका थिए र उनका आँखामा आँसु आएका थिए।

रणवीरले चालेका यो कदमले उनीहरुबीच २०२० सम्ममा विवाह भइसक्ने अनुमान गरिएको छ।

उनीहरुको विवाहको खबर यो पहिलो भने होइन। यसअघि पनि उनीहरुले छिट्टै विवाह गर्दै भन्ने खालका थुप्रै समचारहरु सार्वजनिक भएका थिए। उनीहरु दुवैका परिवार विवाहका लागि मञ्जुर रहेको छन्।

एक अन्तर्वार्तामा आलिया पति महशले उनीहरुको प्रेम सम्बन्धमा रहेको र रणवीर आफूलाई पनि मन परेको बताएका थिए। ‘दुवैजना एकअर्कालाई एकदमै माया गर्छन’, महेशले भनेका छन्, ‘ मलाई रणवीर कपुर एमदमै मन पर्छ। उनी असल व्यक्ति हुन्।’

उनले यो सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने बाटो खोजिरहेको बताए। सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने बारेमा आफूले उनीहरु दुवै जनालाई जिम्मा दिएको उनले प्रतिक्रिया दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad