बलिउड अभिनेता अमिताभ बच्चन बिरामी भएका छन्।
उनले आफ्नो ब्लगमार्फत दिएको जानकारीअनुसार उनको स्वास्थ्य बिग्रिएको छ र अब शल्यक्रिया गराउनुपर्नेछ।
७८ वर्षीय अभिनेता बच्चनले शनिबार आफ्नो ब्लगमा लेखेका छन्, ‘मेडिकल कन्डिसन...सर्जरी...म लेख्न सक्दिनँ, एबी।’
भारतीय सञ्चारमाध्यमका अनुसार उनले यसभन्दा बढी जानकारी दिएका छैनन्।
अमिताभ बच्चनको ब्लग देखेर उनका प्रशंसक दुःखी भएका छन्।
उनी सानोभन्दा सानो कुरा पनि सामाजिक सञ्जालमार्फत जानकारी गराउने मान्छे हुन्।
तर अहिलेसम्म उनी केको र कहिले सर्जरी गराउँदै छन् भन्ने थाहा हुन सकेको छैन।
यसअघि पनि अमिताभ बच्चनले ट्विटरमा लेखेका थिए, ‘केही आवश्यकभन्दा बढेका छन्। केही काटेर सुधारिनेवाला छन्। यो कुरा जीवनको भोलि हो, भोलि नै थाहा हुनेछ, कस्तो रहन्छ ऊ !’
— Amitabh Bachchan (@SrBachchan) February 26, 2021T 3826 -
कुछ ज़रूरत से ज़्यादा बढ़ गया है ; कुछ काटने पर सुधरने वाला है ;
जीवन काल का कल है ये , कल ही पता चलेगा कैसे रहे वे
❤️🌹

प्रतिक्रिया