कला


गायिका ईन्दिरा जोशी दुई वर्षदेखि प्रेममा, सार्वजनिक गरिन् यस्तो तस्बिर

गायिका ईन्दिरा जोशी दुई वर्षदेखि प्रेममा, सार्वजनिक गरिन् यस्तो तस्बिर

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ११:५१,

फेसबुक पोस्टमा एउटा तस्बिर सार्वजनिक गर्दै जोशीले आफू प्रेममा रहेको बताएकी हुन्।

बुधबार फेसबुकमा प्रेम जीवन हो भन्दै प्रेमीको हात समाएको फोटो पोस्ट गरेकी उनले भनेकी छिन्,‘उ भन्छ कि उ मेरो लागि तारा हो भने म उनका लागि जुन।’

तस्बिरमा इन्दिराले तारा र जुनको चित्र भएकाे औंठी लगाएको देखिएको छ। उनले अन्तिम साससम्म सँगै हुने पनि उल्लेख गरेकी छिन्।

He said " I'm your star n your are my moon." Promise ring 🙈 2years of togetherness and many more years to come.....until the last breath. IT'S A YES !!!!!! #loveislife

Posted by Indira Joshi on Wednesday, February 17, 2021

तर प्रेमीको मुहार भने जोशीले देखाएकी छैनन्। ईन्दिरा जोशी नेपाल आइडलको निर्णायक बनेयता निकै लोकप्रिय बेनकी हुन्।

उनले नेपाल आइडलको तीनै सिजनमा निर्णायकको भूमिका निर्वाह गरेकी छिन्। उनले हालसालै ‘बेगहानी’ भन्ने गीत बजारमा ल्याएकी थिइन्।

त्यसबाहेक चौबन्दी चोली, उद्रेको चोली, चिया कफी, मोटरसाइकलमा, बेहुलीजस्ता गीत उनका चर्चित गीत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad