ad ad

कला


स्वामी रामानन्द गिरिद्वारा लिखित ‘अध्यात्मरामायण : रामानन्दी टीका’को लोकार्पण

स्वामी रामानन्द गिरिद्वारा लिखित ‘अध्यात्मरामायण : रामानन्दी टीका’को लोकार्पण

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १२:७,

संस्कृत भाषाको अध्ययन अध्यापन गर्दै आएको तनहुँको देवघाटस्थित महेश संस्कृत गुरुकुलम् तथा आश्रमले अध्यात्मरामायण रामानन्दी टीकाको लोकार्पण गरेको छ।

मंगलबार महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर महादेवको मन्दिरको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिले पुस्तकको लोकार्पण गरेका हुन्।

उक्त अध्यात्मरामायण डा. स्वामी रामानन्द गिरिले नेपाली व्याख्यासहित लेखेका हुन्।

गुरुकुलको छब्बीसौँ ग्रन्थमालाको रूपमा अध्यात्मरामायणको लोकार्पण भएको आश्रमले जनाएको छ। पुस्तक लोकार्पण गर्दै पीठाधीश गिरिले मानवजीवनमा राम शब्दको आदि मध्य र अन्त्य सबै अवस्थामा विशेष महत्त्व रहेको उल्लेख गर्दै अध्यात्मरामायणको पदार्थ, भावार्थ र विवरणसहित यति विस्तृत व्याख्या भएको ग्रन्थ अन्य कुनै पनि भाषामा आजसम्म प्रकाशित नभएको उल्लेख गरे।

कार्यक्रममा संस्कृतभाषाबाट आफ्नो सम्बोधन गर्दै गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले विद्यातत्त्वको बारेमा प्रकाश पारेका थिए।

शिव र सरस्वतीमा दाजुबहिनीको सम्बन्ध रहेको उल्लेख गर्दै सम्पूर्ण विद्याका प्रदाता भगवान् विद्येश्वर भएको समेत उल्लेख सुवेदीले गरे।

कार्यक्रमका वक्ताहरूले डा. स्वामी रामानन्द गिरिको जीवन विद्याकै क्षेत्रमा समर्पित भएकाले उनलाई विद्येश्वर भगवान्‌को स्थापना गर्न प्रेरणा मिलेको कुरा उल्लेख गरेका थिए।

गुरुकुलका छात्र, गुरुकुलका सञ्चालक, व्यवस्थापक, दाता, शुभचिन्तकलगायत विभिन्न व्यक्तित्वहरूको भव्य उपस्थिति रहेको लोकार्पण कार्यक्रममा सरस्वतीपूजन एवम् उपासनाका विभिन्न गतिविधि समेत सम्पन्न गरिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .