महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ करैया स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले करीब दुई लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पोखरभिण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
बरामद लत्ताकपडा भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले करीब २ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगपालिका ६ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो।
बराममद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।
प्रतिक्रिया