कला


मिस नेवा प्रतियोगिता फागुन १५ मा

मिस नेवा प्रतियोगिता फागुन १५ मा

नेपालखबर
माघ २८, २०७७ बुधबार १२:१२,

नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवा’ निर्धारित मितिभन्दा १ साता पछि हुने भएको छ।

नेवार समुदायका युवतीहरुका लागि नेप्लिज फेशन होमले आयोजना गर्दै आएको मिस नेवाः नेपाल यस वर्ष फागनु ७ गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने पक्का गरे पनि सरकारले प्रजातन्त्र दिवससम्बन्धी कार्यक्रम प्रतिष्ठानमै गर्ने भएपछि एक साता पछाडीलाई सार्नु परेको नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा प्रजातन्त्र दिवससम्बन्धी कार्यक्रम तोकिएकाले मिस नेवाः को कार्यक्रम एक सातापछाडीलाई सारिएको हेमाले बताइन्। अब १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ फागुन ७ को साटो फागुन १५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ।

मिस नेवाःका प्रतिस्पर्धीहरु मिस ट्यालेन्टलगायतका कार्यक्रम तथा विभिन्न तालिम, प्रशिक्षण र भ्रमणपछि अहिले अन्तिम प्रतिस्पर्धामा भिड्ने तयारीमा जुटेका छन्। १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन्।

नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ।

नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष मानन्धरले बताउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad