लामो समयसम्म उनीहरु सँगै नदेखिएपछि सामाजिक सन्जालमा उनीहरुको सम्बन्धविच्छेद भएको आशंका गरिएको छ।
यसबीचमा वेस्टले श्रीमती कार्डासियनको क्यालिफोर्नियास्थित क्यालाबासेसमा रहेको घर छाडेको अमेरिकी संचारमाध्यम भ्यानिटी फेयरले उल्लेख गरेको छ।
समाचारका अनुसार जुत्ताका सोखिन वेस्टले आफ्नो पाँच सय जोर जुत्त लिएर घर छाडेका हुन्।
कार्डासियन चर्चित हलिउड रियालिटी स्टार, माडेल साथै महिला उद्यमी हुन् भने वेस्ट र्यापर हुन्।
कार्डासियनले कान्यसँग सन् २०१४ मा विवाह गरेकी थिइन्। उनीहरुबाट चार सन्तान जन्मिएका छन्।
यसअघि कार्डासियनले डामोन टोमस र क्रिस हम्परिजसँग विवाह गरेकी थिइन्। केही समययता यी चर्चित जोडी सँगै देखिएका छैनन्।
कार्डासियनले गतवर्ष वेस्ट डिप्रेसनमा रहेको बताएकी थिइन्। हाल उनीहरु आफ्ना सन्तानको लागि मात्र भेट्ने गरेको पनि बताइएको छ।
Shares

प्रतिक्रिया