कला


खर्बपति मोडेल काइली जेनरको बाथरुमको धारा ट्रोलको विषय बन्यो!

खर्बपति मोडेल काइली जेनरको बाथरुमको धारा ट्रोलको विषय बन्यो!

नेपालखबर
माघ १०, २०७७ शनिबार १२:२६,

पछिल्लो समय उनको बाथरुमको धाराको विषय चर्चामा आएको छ। फोर्ब्सका अनुसार काइलीसँग ९०० मिलियन अमेरिकी डलर सम्पत्ति छ।

यद्यपी हालै उनले आफ्नो फेसबुक तथा इन्स्टाग्राममा आफ्नो बाथरुमको भिडियो तथा तस्बिर सार्वजनिक गरेकी छिन्।

बाथरुममा देखिएको धाराको विषयलाई लिएर यतिबेला ट्रोल बनिरहेको छ।

सामाजिक सन्जाल प्रयोगकर्ताहरुले काइलीले सस्तोमा बाथरुमको धारा खरिद गरेको भनेर जिस्क्याइरहेका छन्। केहीले भने धनी मानिसलाई असुहाउँदो बाथरुम भनेर कमेन्ट गरिरहेका छन्।

सामाजिक संजालमा निकै सक्रिय रहेकी काइलीमाथि शरीर आकर्षक बनाउन प्लास्टिक सर्जरी गरेको भनेर पनि आरोप लाग्ने गरेको छ।

अमेरिकी टेलिभिजन सेरिज ‘किपिङ अप विन दि कार्दसियन्स’मा आवद्ध भएर काइलीले चर्चा कमाएकी थिइन्।

पछिल्लो समय उनी सफल महिला व्यवसायी भइसकेकी छिन्। उनी काइली कस्पेटिक्स र काइली स्किन कम्पनीकी मालिक हुन्।

उनी आफ्नो कम्पनीको उत्पादनलाई सामाजिक संजालमा विज्ञापन गर्न सक्रिय रुपमा लागि परेकी छिन्। उनी आफ्नो कम्पनीको उत्पादनहरु लगाएर तस्बिरहरु सामाजिक संजालमा पोस्ट गर्छिन्।

उनका हरेक तस्बिर भाइरल हुने गर्दछ।

Image may contain: 1 person

Image may contain: 1 person, closeup and outdoor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad