ad ad

कला


‘साइनो’लाई पीजी सर्टिफिकेट, १६ वर्षमुनिकाले फिल्म हेर्न अभिभावक चाहिने

‘साइनो’लाई पीजी सर्टिफिकेट, १६ वर्षमुनिकाले फिल्म हेर्न अभिभावक चाहिने

नेपालखबर
साउन २०, २०७६ सोमबार ७:३८,

यही साउन २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र साइनोले सेन्सरबोर्डबाट पीजी सर्टिफिकेट पाएको छ।

सेन्सर बोर्डले नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथ लिनुपर्ने भएको छ।

चलचित्र साइनोले पीजी सर्टिफिकेट पाएपछि पनि निर्देशक रमेश थापाले चलचित्र सबै उमेरका दर्शकले निर्धक्कका साथ हेर्न सकिने बताए। उनले सेन्सर बोर्डको काम नै चलचित्र हेरेर सर्टिफिकेट दिने भएकाले यसबारेमा केही नबोल्ने बताए। तर, उनले चलचित्र साइनो मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली चलचित्र भएको दाबी गरे।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र साइनोमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, वनिश शाहको सम्पादन छ। चलचित्र साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .