स्वास्थ्यमा समस्या देखाउँदै रजनीकान्तले आफूले नयाँ पार्टी नखोल्ने तथा राजनीति नगर्ने ट्वीटरमा बताएका छन्।
केही समय अगाडि राजनीतिमा प्रवेश गर्न लागेको बताउँदै उनले ट्वीटमा भनेका थिए,‘अहिले नभए कहिले, हामी परिवर्तन गर्नेछौं, सबै परिवर्तन गर्नेछौं।’
मेगास्टार रजनीकान्तले पार्टी खोल्ने घोषणा गरेसँगै उनका समर्थकहरुले त्यस कार्यको स्वागत गरेका थिए।
तर पछिल्लो समय ब्लड प्रेसरबाट पीडित रजनीकान्त हालैमात्र अस्पतालबाट डिस्चार्ज भएका थिए। राजनीतिमा प्रवेश नगर्ने घोषण गर्दै निर्णय फिर्ता गर्नुमा आफूलाई दुख लागेको तर यसैमा आफ्नो भलाई भएको उल्लेख गरेका छन्। एजेन्सी
60
Shares

प्रतिक्रिया