ग्लोबल आईएमई बैंकले रोल्पाको लिवाङस्थित आर्मी व्यारेक परिसरमा एटीएम सेवा सुरु गरेको छ।
नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २४० पुगेको छ।
उक्त एटीएम सेवा खड्गदल गणका प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरे।
बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
42
Shares

प्रतिक्रिया