सुपरहिट नेपाल चलचित्र ‘छक्कापञ्जा ३’ युट्युबमा सार्वजनिजक गरिएको छ।
दीपाश्री निरौलाको निर्देशन रहेको छक्कापञ्जा ३’ बुधबार साँझ ६ बजेबाट युट्युबमा सार्वजनिक भएको हो।
फिल्म सार्वजनिक भएको १६ घण्टामा साढे ६ लाखभन्दा बढीले हेरिसकेका छन्।
दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेको समूहले निर्माण गरेको फिल्म ३ वर्षअघि नै सार्वजनिक प्रदर्शन भएको फिल्म हो।
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदलार धिमिरे, जितु नेपाल, प्रियंका कार्की, निर शाह, शिवहरि पोडेल, किरण केसी ,बुद्धि तामाङ, लक्ष्मी गिरी, बिमला गिरी आदि कलाकारको अभिनय रहेको छ।
हेरौँ भिडियो
प्रतिक्रिया