कला


खगेन्द्र र श्रेयसीको पूर्वेली भाका ‘जाउँ डाँडै काटेर’ (भिडियो)

खगेन्द्र र श्रेयसीको पूर्वेली भाका ‘जाउँ डाँडै काटेर’ (भिडियो)

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १२:१२,

नेपालको पूर्वेली संस्कार र संस्कृतिलाई टपक्कै टिपेर गीत संगीतको नाममा भण्डारण गर्न माहिर चर्चित गायक तथा संगीतकार खगेन्द्र यक्सो लिम्बुले फेरि अर्को गीतको भिडियो सार्वजनिक गरेका छन्।

अर्ग्यानिक शब्द, लय र आवाजमा अब्बल अभियन्ताको पहिचान स्थापित गर्न सफल स्रस्टा खगेन्द्रको शब्द रचना र आवाजमा ‘जाउँ डाँडै काटेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

कसैसँग माया प्रेम बसेपछि उमेर हेरिँदैन भन्ने सन्देश गीतको भिडियोले दिएको छ। खगेन्द्र यक्सो लिम्बु र श्रेयसी चेम्जोङको आवाज रहेको गीतको संगीत नयन सुब्बाले गरेका हुन् भने संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन्।

मौलिक यस गीतको भिडियोमा योगेन्द्र राई र सिता तुम्बाहाङ्फेले रोमाञ्चक अभिनय गरेका छन्। पूर्वको रमणीय र चर्चित पर्यटकीयस्थल तीनजुरेको काखमा अवस्थित सुन्दर बस्ती सोल्माको प्राकृतिक सुन्दरताको दृष्यलाई कैद गरिएको भिडियोको छायाँकन र सम्पादन मेघराज मग्रातीले गरेका छन् भने भिडियोको निर्देशन गीतका गायक तथा गीतकार खगेन्द्र यक्सोले नै गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad