समाज


विराटनगरमा सय जनाबाट प्लाज्मा र रक्तदान

विराटनगरमा सय जनाबाट प्लाज्मा र रक्तदान

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १२:२१,

कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन्।

‘रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ’ भन्ने नाराका साथ गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड–१९ संक्रमितमा हुने रगत अभावको अवस्था अन्त्य गर्न कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गरे।

प्रमुख पराजुलीले आजसमेत गरेर आफूले ५४ पटक रक्तदान गरिसकेको जानकारी दिँदै प्लाज्मा तथा रक्तदातालाई प्रमाणपत्र पनि वितरण गरे।

विराटनगर निवासी रक्तदाता रवि शाहले रक्तदान गर्नु एकदमै राम्रो कर्म भएकाले हरेक स्वस्थ मानिसलाई रक्तदान गर्न सुझाव दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad