कला


रामायणबारे टिप्पणीमा सैफअली खानले मागे माफी

रामायणबारे टिप्पणीमा सैफअली खानले मागे माफी

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ०:२७,

बलिउड अभिनेता सैफअली खानले आफूले पौराणिक पात्र रावणका विषयमा गरेको टिप्पणीका विषयमा माफी मागेका छन्। उनले आफ्नो उद्देश्य कसैको भावनमा ठेस पुर्‍यायउने नभएको बताएका छन्।

उनी आफ्नो आउँदै गरेको फिल्म आदिपुरुषमा रावणको भूमिकामा छन् भने अर्का अभिनेता प्रभास रामको भूमिकामा छन्।

अभिनेता खानले एक पत्रिकासँग आफ्नो भूमिकाबारे भनेका थिए, ‘एक राक्षसको राजाकाे भूमिका निकै चाखलाग्दो छ तर यसमा उनलाई दयालु देखाइएको छ, जसले मनोरञ्जन पनि दिनेछ। साथै रावणले सीता अपहरणको उचित कारण पनि बताउँछन् कि रामसँग बदला लिन त्यसो गरिएको हो किनकि लक्ष्मणले आफ्नी बहिनी शूपर्णखाको नाक काटे।’

उनको यस टिप्पणीले सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेकाे छ। अभिनेता खानले हिन्दुत्वको अपमान गरेको भनेर आक्रोश पोखिएको छ। उनको फिल्म नै बहिष्कार गर्नुपर्छ भन्ने आवाजसमेत उठाइएको छ।

बीबीसी हिन्दीका अनुसार त्यसपछि अभिनेता खानले एक बयान जारी गर्दै माफी मागेका हुन्।

बयानमा उनले भनेका छन्, ‘मैले थाहा पाएँ कि एक अन्तर्वार्ताका क्रममा मैले राखेका धारणालाई विषय बनाइको छ र मानिसले चित्त दुखाएका छन्। तर कसैको भावनमा ठेस पुर्‍याउने उद्देश्य मेरो थिएन। म इमान्दारीपूर्वक सबैसँग माफी माग्छु र आफ्ना भनाइ फिर्ता लिन चाहन्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad