समाज


१३ वर्षदेखि भइरहेको सुदूरपश्चिम महोत्वस यसपालि स्थगित

१३ वर्षदेखि भइरहेको सुदूरपश्चिम महोत्वस यसपालि स्थगित

नेपालखबर
मंसिर २१, २०७७ आइतबार २३:५२,

सुदूरपश्चिमको आर्थिक विकास र कला संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउ धनगढीमा आयोजना हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव‘ यस वर्ष स्थगित गरिएको छ।

हरेक वर्ष मङ्सिर २२ गतेदेखि शुरु गरिने महोत्सव कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण यस वर्ष स्थगित गर्नुपरेको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ।

सङ्घले विसं २०६३ देखि यो महोत्सव गर्दै आएको थियो। कोरोना भाइरस सङ्कमणको जोखिम देखिएकोले महोत्सव स्थगित गर्नु परेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पुष्पराज कुँवरले बताए।

महोत्सव कहिले गर्ने भन्ने विषयमा सरोकारवाला र स्थानीय प्रशासनसँग समन्वय गरी महोत्सवको नयाँ मिति तय गरिने उनले जानकारी दिए। 

सङ्घका महासचिव ओम विष्टले कोरोना भाइरसको अवस्था समान्य भएमा महोत्सव आयोजना गर्न सकिने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad