ad ad

कला


कोरोनाले बन्दप्रायः चलचित्र क्षेत्र खोल्न चलचित्रकर्मीको आग्रह

कोरोनाले बन्दप्रायः चलचित्र क्षेत्र खोल्न चलचित्रकर्मीको आग्रह

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ७:१०,

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन्।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुले पनि चलचित्र क्षेत्र खुल्नसकेको छैन। त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन्।

अध्यक्ष अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसके पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटिएको तर अहिलेसम्म कुनैपनि फाइदा लिन नसकेको बताए।

उनले भने, ‘साँच्चै भन्ने हो भने हामीलाई बजेटले पनि समेटेन अति प्रभावितमा। तर राष्ट्र बैंकले चलचित्र क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा समेटिदियो। तर त्यसको अहिले सम्म के फाइदा हो भन्ने कुरा आएको छैन।’

चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, स्रष्टासर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थ मन्त्रालयमा समेत गराइसकेको उनले बताए। सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताए।

 

उनले भने, ‘गीत संगीत स्रष्टा सर्जक कलाकार प्राविधिक यी सबैको समस्या छ । यसकारणले कुनै न कुनै बाटो चाहियो भनेर हामीले धेरै ठाउँमा कुरा राखेका छौँ। हाम्रो भनाइ अब हामीलाई छायांकन खोलिदिनुस हामी विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र सीसीएमसीको मापदण्डलाई हामीले अपनाएर सिनेमा छायांकनमा जान सक्छौँ भन्ने कुरा पनि लगेर हामीले बुँदागत यो यो गर्न सक्छौँ र यो क्षेत्रलाई सुरक्षित राख्न सक्छौं भनेर हामीले प्रस्तुत गरिसकेका छौँ।’

अध्यक्ष अधिकारीले चलचित्र क्षेत्रले मनोरन्जन मात्रै नभएर कला संस्कृति भेषभूषा र पर्यटनलाई समेत समेटेको क्षेत्र भएको भन्दै तत्काल खोल्न माग गरेका हुन्। त्यसको साथसाथै आफू उद्योग वाणिज्य महासंघमा रहेर चलचित्र क्षेत्रको समस्या समाधानमा लाग्न खोजिरहेको पनि बताए।

यसअघि पनि महासंघमा रहेर सरकार, निजी क्षेत्र र चलचित्र क्षेत्रभित्र रहेको दुरीलाई मेटाउँदै चलचित्र क्षेत्रलाई सेवा मुलक उद्योगको रुपमा स्थापित गर्न सफल भएको बताए।

उनले भने, ‘मलाई चलचित्र क्षेत्र, चलचित्र निर्माता संघका साथीहरु र त्यसको साथसाथै चलचित्र समन्वय समिति र उद्योग वाणिज्य महासंघको विशेष सहयोगले नै राष्ट्रिय मान्यता उद्योगमा हाल्न सफल भयौँ।’

चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोडने काम गर्नका लागि आफूले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अधिकारीले बताए।

चलचित्र क्षेत्रलाई यसअघि राष्ट्रिय मान्यता प्राप्त उद्योगमा लैजान सफल भएको बताउँदै अध्यक्ष अधिकारीले अव भने राज्यका प्राथमिकता प्राप्त क्षेत्रले पाउँदै आएको सुविधा पाउने अवस्थामा पु¥याउन आफूले महासंघमा बसेर काम गर्न चाहेको बताए।

अध्यक्ष अधिकारीले उद्योग वाणिज्य महासंघको ५४औं आसन्न साधारणसभामा वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। सो पदमा रहेर चलचित्र क्षेत्रको नीति नियम, ऐन कानुन निर्माणमा सरकारलाई सहयोग गर्ने अधिकारीले बताए।

उनले भने, ‘अहिलेको मेरो उम्मेदवारी किन चलचित्र क्षेत्रमा नाम मात्रै भएर भएन चलचित्र क्षेत्र राष्ट्रिय मान्यता प्राप्त उद्योगमा गयो भनेर मात्र भएन। त्यसको नीति नियम ऐन कानून लेख्नुपर्ने हुन्छ अनिमात्रै हामीले पाउने फाइदा पाउनसक्छौँ। राष्ट्रिय मान्यता प्राप्त क्षेत्र भनेको पर्यटन क्षेत्र, कृषि क्षेत्र हो र त्यहीभित्र अब चलचित्र क्षेत्र पनि प¥यो। त्यसले गर्दा उनीहरुले पाउनेसरहको सुविधा चलचित्रले पाउनुपर्छ भनेर त्यसको नीति नियम ऐन कानून लेख्नको लागि म उद्योग वाणिज्य महासंघमा यसपालि पनि उम्मेदवारी दिएको छु।’

 

यस्तै आफ्नो ध्यान स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नुपर्छ र आयातलाई घटाएर निर्यात बढाउनुपर्छ भन्ने तर्फ रहेको पनि अधिकारीले स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .