ad ad

समाज


स्थानीयले बलात्कार आरोपीको घरमा लगाएको आगो प्रहरीलाई समेत निभाउन दिएनन्, स्थिति तनावग्रस्त (फोटो/भिडियो)

स्थानीयले बलात्कार आरोपीको घरमा लगाएको आगो प्रहरीलाई समेत निभाउन दिएनन्, स्थिति तनावग्रस्त (फोटो/भिडियो)

शैलेन्द्र महतो
मंसिर ९, २०७७ मंगलबार ७:८,

महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीयले लगाएको आगो प्रहरीलाई समेत निभाउन दिएका छैनन्।

मंगलबार बिहान स्थानीयले बलात्कारका आरोपी स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाएका थिए। आगोले पुरै घर ध्वस्त हुने अवस्थामा पुगेपछि नियन्त्रणका लागि पुगेका प्रहरीलाई स्थानीयले रोकेका हुन्।

हेराैँ  भिडियो

aagomaho1122

किराना पसल समेत रहेको उक्त घरमा विहानैदेखि आगो दन्किरहेको छ। अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन्। स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरे पनि नियन्त्रणमा आउन सकेको छैन।

aagomaho

आइतबार बेलुकादेखि बेपत्ता बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव फेला परेको थियो। पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

aagomaho12

 बालिका गुलाबलाई साहले बलात्कारपश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ।

aagomaho11
mahotari12
mahottaei123

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .