ad ad

कला


भाइरल बन्दै नेहा र रोहनप्रितको विवाहको भिडियो (भिडियोसहित)

भाइरल बन्दै नेहा र रोहनप्रितको विवाहको भिडियो (भिडियोसहित)

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ११:५८,

बलिउडकी गायिका नेहा कक्कर र पञ्जावी गायक रोहनप्रित सिंहले विवाह गरेका छन्।

उनीहरुले २४ अक्टुबरको दिन आफ्ना परिवार र नजिकका नातेदारका बीचमा विवाह गरेका हुन्।

 नेहा र रोहनले दिल्लीको गुरुद्वारमा परम्परागत आनन्द कारजमा एक समारोहमा लगनगाँठो कसेका हुन्। यो विवाहदेखि उनीहरुका फ्यानहरू धेरै खुसी छन् र उनीहरूलाई सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका छन्।

उनीहरुका सुभेच्छुक र समर्थकहरुबीच यो विवाह केही समय पहिलेदेखि नै चर्चाको विषय बन्दै आएको थियो।

नेहा र रोहनले आफ्नो विवाहका फोटो र भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए। उनीहरुका समर्थकले समेत विवाहको भिडियो फोस्ट गर्नुका सथै सेयरसमेत गरेका छन्। अहिले नेहा र रोहनको विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरसल बनिरहेको छ।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .