ad ad

कला


चर्चित व्यवसायी र कलाकारका साथमा शनिबार ‘म्युजिकल इभ’ सहितको टक सिरिज

चर्चित व्यवसायी र कलाकारका साथमा शनिबार ‘म्युजिकल इभ’ सहितको टक सिरिज

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार १३:५९,

हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेनको संयुक्त सहकार्यमा शनिबार टक सिरिज आयोजना हुँदैछ।

नजिकिँदै गरेको दसैँलाई लक्षित गर्दै हल्ट प्राइजले यसपटक ‘म्युजिकल इभ’ सहितको टक सिरिज गर्ने भएको छ।

टक सिरिजको यो चौंथो श्रृंखला हो। ‘फेस्टिभ टक सिरिजको’ रुपमा आयोजना हुने उक्त कार्यक्रमका दिउँसो २ बजेबाट सुरु हुनेछ।

यो इभेन्टमा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, फिनिक्स एरिजोनाका स्कट मार्सल ब्राण्डोन, यल्लोस्पार्कको सहसङ्थापक अपर्ना जोशी खन्ड्वाला, चीनकी माइहोमीकी मिडिया म्यानेजर जीन्सी क्षु लगायतको विशेष उपस्थिति हुनेछ। उनीहरूले आफ्ना अनुभव सहभागीहरुसँग साट्नेछन्।

उक्त कार्यक्रममा सेलिब्रेटी अतिथिको रुपमा सेलिब्रेटीहरू शास्वत खड्का, स्मिता दाहाल, सुरजराज खत्री, भेषराज तिमल्सिना, आयुष श्रेष्ठ, प्रिया सिग्देल लगायतको विशेष उपस्थिति हुनेछ।

कार्यक्रममा उपस्थित उद्यमी तथा सेलिब्रेटीको एक–एक घन्टा प्यानेल डिस्कसन हुनेछ। उनीहरूसँग प्रश्न सोध्न र बोल्ने मौका पनि पाइन्छ। त्यसपछि ‘म्युजिकल इभ’ सुरू हुनेछ।

उक्त कार्यक्रममा वक्ताहरुले आफ्नो अनुभव आदनप्रदान गर्ने उल्लेख गरिएको छ। शनिबार दिउँसो २ देखि ६ बजेसम्म चल्ने उक्त कार्यक्रममा सहभागी हुन चाहनेहरुले यस लिंकमा गएर दर्ता गर्नु पर्नेछ।
हल्ट प्राइजको फेसबुक पेजमार्फत लाइभ हेर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .