कला


बलिउडमा हिरोसँग सुतेपछि २ मिनेटको भूमिका पाइन्छ: कंगना रानावत

बलिउडमा हिरोसँग सुतेपछि २ मिनेटको भूमिका पाइन्छ: कंगना रानावत

नेपालखबर
असोज १, २०७७ बिहिबार १२:१५,

अभिनेत्री कंगना रानावतले हिरोसँग सुतेपछि बलिउडमा २ मिनेटको भूमिका पाइने विवादास्पद टिप्पणी गरेकी छिन।

बुधबार बलिउडको ड्रग्स कनेक्सनको सम्बन्धमा सांसद जया बच्चनले दिएको बयानमा जवाफ दिदैँ उनले यो कुरा बताएकी हुन।

समाजवादी पार्टीकी सांसद तथा अभिनेत्री जया बच्चनको संसदीय भाषणमा कंगनाले ट्विटमा लेखेकी छिन, 'जया जी र उनको उद्योगले कुन थाली दिएको छ? दुई मिनेटको भूमिका, एक आइटम गीत र एक रोमान्टिन सीन पाइएको थियो। त्यो पनि हिरोसँग सुतेपछि। मैले यस उद्योगलाई फेमिनिज्म सिकाए। देशभक्ति नारी प्रधान फिल्महरुबाट थाली सजाए। यो मेरो आफ्नै थाली हो जया जी, तपाईको हैन।'

 

संसदमा जया बच्चनले कंगनालाई संकेत गर्दै केही व्यक्ति बलिउडलाई बदमान गर्ने प्रयासमा लागेको बताएकी थिइन। जयाले फिल्म उद्योगबाट कमाएका मान्छेहरुले नै यसलाई फोहोर बताइरहेको टिप्पणी गरेकी थिए।

जयाले भनेकी थिइन, 'यी तीनै व्यक्ति हुन, जसले जुन थालमा खान्छन त्यही थालमा प्वाल बनाउँछन।'

यसअघि कंगनाले बलिउडसँग आवद्ध ९९ प्रतिशत मानिसहरु ड्रग्स सेवन गर्ने आरोप लगाएकी थिइन। उनले रणवीर सिंह, रणवीर कपुर, विक्की कौशल र निर्देशक अयान मुखर्जजीलाई उनीहरुको रगत परीक्षण गर्न समेत चुनौती दिएकी थिइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad