कारोबार


६ जना आलुप्याज व्यवसायीसहित आठलाई १४ लाख ७० हजार जरिवाना

६ जना आलुप्याज व्यवसायीसहित आठलाई १४ लाख ७० हजार जरिवाना

नेपालखबर
असोज १, २०७७ बिहिबार १२:१४,

सरकारले बजारमा अभावको मौका छोपेर कालोबजारी गर्ने आलुप्याज व्यवसायीलाई कारबाही गरेको छ।

बिहीबार अनुगमनका क्रममा कालोबजारी गर्ने आलुप्याज व्यवसायीसहित खाद्यस्टोर र पानी उद्योगलाई कारबाही गरेको हो।

बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्दै ८ जना व्यावसायीलाई १४ लाख ७० हजार रुपैया जरिवाना गरेको जनाएको छ।

विभागकाअनुसार ६ जना आलुप्याज व्यवसायी कारवाहीमा परेका छन्। उनीहरुलाई ९ लाख ६५ हजार रुपैया जरिवाना गरिएको छ।

त्यस्तै, खाद्यस्टोर २ लाख ५५ हजार र पानी उद्योगलाई २ लाख ५० हजार रुपैया जरिवाना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad