ad ad

कला


‘अवतार’लाई उछिन्दै ‘एभेन्जर्सः इन्डगेम’ सबैभन्दा बढी कमाउने चलचित्र

‘अवतार’लाई उछिन्दै ‘एभेन्जर्सः इन्डगेम’ सबैभन्दा बढी कमाउने चलचित्र

नेपालखबर
साउन ६, २०७६ सोमबार ६:४८,

चलचित्र ‘अवतार’लाई उछिन्दै ‘एभेन्जर्सः इन्डगेम’ सर्वाधिक कमाई गर्ने चलचित्र बनेको हो।

सन् २००९ मा रिलिज भएको चलचित्र ‘अवतार’ले २.७८९ अर्ब अमेरिकी डलर कमाएको थियो। अवतारलाई दश वर्षसम्म कुनै चलचित्रले जित्न सकेको थिएन।

तर सन् २०१९ यस वर्षको अप्रिल २२ मा रिलिज भएको ‘एभेन्जर्सः इन्डगेम’ले भने ‘अवतार’लाई उछिन्न सफल भएको छ।

Image result for avatar

एभेन्जर्सले हिजो आइतबार अवतारको रकेर्डलाई तोडेको हो। ‘एभेन्जर्सः इन्डगेमले २.७९० अर्ब अमेरिकी डलर कमाएको जनाइएको छ।

एभेन्जर्सले हालसम्म अवतारभनदा ५ लाख १६ हजार १९३ अमेरिकी डलर बढी कमाएको जनाइएको छ।

एभेन्जर्सले ऐतिहासिक सफलता हासिल गरेपछि द वाल्ट डिज्नी स्टुडियोले भनेको छ,‘मार्भल स्टुडियो र वाल्ट डिज्नी स्टुुडियोका टिमलाई बधाई छ। साथै दर्शक जसले एभेन्जर्सः इन्डगेमलाई माया गरे उनीहरुलाई पनि बधाई।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .