डा मल्लिका कुमार दिल्लीस्थित श्रीराम कलेज अफ कमर्शकी अन्तर्राष्ट्रिय कार्यक्रमकी संयोजक हुन्। एक टोलीको नेतृत्व गर्दै कुमार नेपालको युवा तथा महिलाहरुको नीति निर्माणको क्षेत्रमा सहभागिताबारे अध्ययन गर्न आएको थिइन्। कुमारसँग नेपाल र भारतमा महिला तथा युवाको अवस्थाबारे नेपालखबरले गरेकाे कुराकानीः
यो भ्रमणको उदेश्य के हो?
भारत र नेपालमा युवाबीच सम्बन्ध विस्तारका हेतुले यो भ्रमण भएको हो। दुवै देशबीच शैक्षिक सम्बन्ध अझै मजबतु बनाउन नेपाल आएका हौं। नेपाल र भारत दुवैमा युवाको संख्या बढी रहेको छ। यो जनसंख्यिक लाभासं हो। भारतमा अर्को वर्ष अर्थात् भारतीयहरुको औसत उमेर २९ वर्ष हुँदैछ। यो भ्रमणमा राष्ट्र संघले अघि सारेको दिगो विकासको लक्ष्य पूरा गराउन युवाले कसरी योगदान दिन सक्छन् भन्ने मुख्य अजेण्डा रहेको छ।
नेपाल र भारतका सरकारले आफ्नो नीति निर्धारण गरेको छ त्यो युवा प्रति लक्षित रहेको छ ?
भारत सरकारले लिएको नीतिहरु युवा केन्द्रित रहेको छ। मोदी सरकार युवाले कसरी आफ्नो काम आफै शुरु गर्ने भन्ने विषयमा विश्वास राख्छ । स्कील इन्डिया क्याम्पेन त्यसैमा आधारित हो । जसले युवालाई उद्यमी हुन भन्नेर शुरु गरिएको कार्यक्रम हो । आफू रोजगार हुनका साथसाथै आफै समेत रोजागर दियोस भन्ने रहेको छ । त्यो नीति फाइदा लिने जिम्मेवारी युवाको पनि हो।
युवाहरु तुरुन्तै परिवर्तन भैहालोस् भन्ने चाहान्छन् तर सरकारी प्रणालीहरु त्यस प्रकारका हुँदैनन्। यो अवस्थाले धेरै स्थानमा समस्या ल्याउने गरेको छ। यसका समाधानको उपाय के हुनसक्छ ?
युवाहरु कमभन्दा कम समयमा धेरै भन्दा धेरै प्राप्त होस भन्ने चाहान्छन्। उनीहरु लामो समय प्रतिक्षा गर्न सक्दैनन्। भारत सरकारले प्राविधिकरणको विषयलाई जोड दिदै आएको छ। डिजिटाइजेसनले यसलाई सहयोग गर्नेछ। जुन कुरा आज सरकारले भन्छ त्यो युवा माझ पुगोस् र त्यसको राम्रोसँग कार्यान्वयन होस् र त्यसबाट फाइदा लिन सकुन्। प्रविधिको सहयोगमा आफ्नो जीवनमा कार्यान्वयन गर्न सकुन।
युथ डिभिडेन्टको विषयलाई कुरा गर्यौ तर ठूलो समूह गरिबीको चक्रमा रहेको छ। त्यसबाट कसरी फाइदा लिन सकिन्छ ?
जोसँग पैसा छ त्यसले आफैँले काम शुरु गर्न सक्छ। तर पैसा नहुनेहरुले सरकारको योजनाप्रति बढी ध्यान दिन आवश्यक छ। सरकारको जिम्मेवारी के हो भने तल्लो तहका जुन मानिस छन् उनीहरुसम्म सरकार कसरी पुग्न सक्छ भन्ने विषयमा पनि रहेको छ। भारतमा मिनिस्ट्री अफ इलेक्ट्रोनिक्सले सेन्ट्रलाइज सेन्टर स्थापना गरेको छ। त्यहाँ युवाहरुले सरकारको सबै योजनाको बारेमा जानकारी पाउन सक्छन् । त्यतिले मात्रै हुने छैन सरकारले यसका थप प्रयास गर्न आवश्यक छ।
युवा पुस्ता मात्रै होइन, अहिले नेपाल-भारत जस्तो देशमा जेष्ठ नागरिकको समेत संख्या उल्लेख रुपमा बढेको छ। दुवैबीचको पुस्तान्तरणको ल्याउने समस्या पनि छ । यसको समाधान कसरी हुन्छ ?
स्वास्थ्य क्षेत्रमा प्राप्त गरेको सफलता र जीवनस्तरम सुधारको मानिसहरुको जीवन बढ्दै गएको छ। माानिसका औसत आयु बढ्दै गएको छ। वृद्धको जनसंख्या धेरै रहेको छ। त्यसले ल्याउने पुस्तान्तरणको कारण आउन सक्ने समस्याको समाधानको उपाय भनेको वृद्ध मानिसका अनुभवलाई प्रयोग गर्ने र उनीहरुलाई सम्भव भएसम्म काममा सल्लाहकारको रुपमा काम गराउनु पर्छ। त्यसले युवाहरुलाई निर्देश गर्न सकोस्। युवा जतिको शारीरिक श्रम गर्न सक्दैन तर उनीहरुलाई सल्लाहकारको रुपमा काम गराउन सक्छौं। त्यसले पुस्तान्तरणलाई जुन समस्या हुन्छ त्यसलाई कम गर्न सहयोग गर्छ। वृद्धहरुले पनि प्रविधिसँग जानकार गराउन आवश्यक छ। उनीहरु कम्प्युटर तथा स्मार्टफोनजस्ता नयाँ प्रविधि प्रयोग गर्न नसक्ने भएका छन्। त्यस्तो अवस्थाले समस्या ल्याउन सक्छ।
नेपाल र भारत दुवैतर्फ समावेशीकरण एउटा महत्वपूर्ण विषयको रुपमा रहँदै आएको छ। नेपालले संविधानले समावेशीकरणलाई सुनिश्चित नै गरेको छ। तपाईलाई लाग्दैन कि भारतको संविधान पनि त्यस्तै प्रकारको समावेशी होस भनेर?
नेपाल भ्रमणका क्रममा भएको अन्तर्क्रियाहरूमा लैंगिक समावेशीकरणका विषयमा हाम्रोमा भन्दा नेपालको अवस्थामा राम्रो रहेको जानकारी पाउँदा खुशी लाग्यो। यो पटक हामी सिक्नैका लागि नेपाल भ्रमणमा आएका हौं। नेपालबाट के सिक्न सकिन्छ र नेपालीहरुसँग के शेयर गर्न सकिन्छ भन्ने नै हो। नेपालको संविधानले लैंगिक अधिकारको विषयमा हामी सिकेर जाँदै छौं। नेपाल भ्रमणपछि हामीले के सिक्यौ भन्ने विषयमा तयार पार्ने प्रतिवेदन हामी भारतस्थित नेपाल दुतावास र भारतीय विदेश मन्त्रालयलाई पनि बुझाउने छौं।
भारतमा महिला सहभागिताको विषयलाई अघि बढाउनका लागि के के प्रयास भएका छन् ?
भारत सरकारले महिला समेवशीकरणको विषयलाई प्राथमिकता राख्दै आएको छ। महिलाको सहभागिता मात्रै होइन उनीहरुको नेतृत्वमा संस्थाहरुको पनि विकास गर्ने नीति लिएको छ।
प्रतिक्रिया