नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार आजसम्ममा नेपालमा ३३ हजार ५३३ पुगेको छ।
आज ११ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ११९ पुगेको छ।
प्रतिक्रिया