ad ad

कारोबार


इसेवा र बहराईन फाइनान्सिङ कम्पनीबीच रेमिटेन्स सम्झौता

इसेवा र बहराईन फाइनान्सिङ कम्पनीबीच रेमिटेन्स सम्झौता

नेपालखबर
साउन २५, २०७७ आइतबार १३:५१,

बहराईनमा रेमिटेन्स क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बीएफसी) र इसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु भएको छ।

यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु साथै बीएफसी बहराइन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन्। नगदमा पठाइएको पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई रु ५५ क्यास ब्याक अफर पनि दिइएको छ। 

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिटेन्सका साथै एजेन्ट बेस रेमिटेन्स सेवा मार्पmत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ। हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै डिजिटल माध्यमबाट आफूलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ।

इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .