निर्माता छविराज ओझाले श्रीमती एवं नायिका शिल्पा पोखरेललाई वार्तामा बोलाएका छन्। आगामी दिनमा आफूले कुनै गल्ती नगर्ने बताउँदै उनले सम्बन्ध टुटाउनेभन्दा पनि सहमतिमा आउन आग्रह गरेका हुन्।
नेपालखबरसँग कुराकानी गर्दै उनले वार्ताद्वारा देशका ठूला समस्यासमेत समाधान भएको उदाहरण दिँदै आफूहरुको जीवनमा आएको समस्या पनि हल हुने विश्वास व्यक्त गरे।
यसका लागि आफूले शिल्पासँग पनि विभिन्न माध्यमबाट कुराकानी गरेको उनको दाबी छ।
शिल्पालाई संकेत गर्दै उनले भने, ‘तपाईंले मलाई हेर्नुभयो, मैले तपाईंलाई हेरेँ। हामीलाई कसैले भिडाएको पनि होइन। आउनुस्, फेरि मिलेर बसौँ।’
छविले आगामी दिनमा आफू सय प्रतिशत कम्प्रोमाइज गर्न तयार रहेको समेत बताए ।
3
Shares

प्रतिक्रिया