राजनीति


भारतसँगको व्यापार घाटा कम गर्न व्यवहारिक समाधान खोजौँः परराष्ट्रमन्त्री ज्ञवाली

भारतसँगको व्यापार घाटा कम गर्न व्यवहारिक समाधान खोजौँः परराष्ट्रमन्त्री ज्ञवाली

नेपालखबर
साउन २, २०७६ बिहिबार १३:५६,

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको व्यापार घाटालाई कम गर्न व्यवहारिक समाधान खोज्नु पर्ने बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध बारे’ विषयका एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले व्यापार घाटा बढ्दै जाँदा त्यसले समस्या ल्याउने भन्दै समाधान खोज्नुपर्नेमा जोड दिएका हुन्।

‘नेपाल भारतीच अन्तर सीमा अपराधिक तथा अवाच्छित घटनाहरुलाई रोक्नु पर्छ, त्यसले दुवै देशलाई क्षति पु-याउँछ। छिमेकी देशविरुद्ध कसैले पनि अर्को देशका भूभाग प्रयोग गर्न दिनु हुन्न’ ज्ञवालीले भने, ‘व्यापार घाटा कम गर्नका लागि व्यवहारिक समाधान खोज्न आवश्यक छ।’

राष्ट्र बैंकले वैैशाखमा जारी गरेको प्रतिवेदनमा नेपालका कूल व्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको उल्लेख गरेको छ। नेपाल भारतबीच कूल वैदेशिक व्यापारका दुई तिहाइ अंश रहेको छ।

ज्ञवाली भन्दा अघि बोल्दै नेपालका लागि भारतीय राजदुत मञ्जिबसिंह पुरीले पछिल्लो नौ महिनामा भारततर्फका निकासीमा उल्लेख वृद्धि भएको बताएका थिए। उनले पछिल्लो नौ महिनामा करिब ३२ प्रतिशतले निर्यात वृद्धि भएको बताए। ‘अन्य कुनै देशसँग यस्तो वृद्धि भएको जानकारी छैन,’ उनले भने।

सो कार्यक्रमा परराष्ट्र मन्त्री ज्ञवालीले पछिल्लो १५ महिना दुवै देशका प्रधानमन्त्रीबीच ४ चरणमा वार्ता भैसकेको जानकारी गराएका थिए। ‘त्यसले द्वीपक्षीय सम्बन्धलाई मजबुत बनाउन र नयाँ क्षेत्रमा खोज्नका लागि सहयोग गरेको छ’ ज्ञवालीले भने, ‘यो इन्गेजमेन्टले धेरै क्षेत्रमा देखिने उपलब्धी ल्याएको छ। व्यापार, पारवहन, लगानी, पर्यटन, संस्कृति, शिक्षा, विकाससहितका क्षेत्रमा देखिएका छन्। यो सन्तुष्टिको विषय हो।’ ज्ञवालीले एक देशले अर्कोका संवेदनशीलतालाई बुझ्ने गरेको बताए।

‘दुबैै देशबीचको सम्बन्धका राम्रो पक्ष भनेको एकले अर्कोका संवेदनशीलतालाई बुझ्ने गरेका छौं’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad