ad ad

समाज


कोरोना संक्रमितको मृत्युपछि प्रादेशिक अस्पतालको इमरजेन्सी र आईसीयू वार्ड सिल

कोरोना संक्रमितको मृत्युपछि प्रादेशिक अस्पतालको इमरजेन्सी र आईसीयू वार्ड सिल

शैलेन्द्र महतो
साउन १२, २०७७ सोमबार ५:४५,

कोरोना भाइरसको संक्रमणबाट एक ३८ वर्षीय युवकको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीको एक युनिटलाई २४ घण्टाको लागि सिल गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गत रहेको कोभिड व्यवस्थापन समितिको सोमबार बसेको बैठकले इमरजेन्सी युनिट २४ घण्टा र आईसीयू वार्ड ७ दिनको लागि सिल गर्ने निर्णय गरेको अस्पतालका निमित प्रमुख जामुन सिंहले जानकारी दिए। ती युवाको सोही अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएर उपचारका क्रममा मृत्यु भएको थियो।

ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय युवाको आइतबार मृत्यु भएको थियो। प्रादेशिक अस्पतालको अकास्मिक वार्डमा अवस्था गम्भीर भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो। तर अवस्था झनै गम्भीर भएपछि भेन्टिलेटरमा भर्ना गर्नुपर्ने र भेन्टिलेटर खाली नभएको कारण थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरका निमित प्रमुख डा. सिंहको भनाइ छ।

पीसीआर टेस्टमा ती मृतक व्यक्तिको शरीरमा कोरोना भाइरसको मात्रा अत्यधिक देखिएको छ। ती व्यक्ति डुमरिया बजारमा किराना पसल संचालन गर्दै आइरहेका थिए।

यस्तै मृतकको शवलाई आजै दिउँसो नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने निर्णय भएको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिए। उनका अनुसार शव व्ययवस्थापनमा खट्ने नेपाली सेनाका जवानहरुलाई केहीदिन क्वारेन्टाइनमा बस्नु पर्ने र पीसीआर टेस्ट गरेर निगेटिभ रिर्पोट नआएसम्म बाहिर निस्कन पाउने छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .