सुशीला पौडेलको उपन्यास ‘तृषा’ लोकार्पण गरिएको छ।
वरिष्ठ गीतकार तथा चलचित्रकर्मी यादव खरेल लगायत साहित साहित्यकारहरुले शनिवार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरे।
पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले समाजमा रहेको यौन कुण्ठालाई सहज र कलात्मक मात्र नभई मिठासपूर्ण तरिकाले आख्यानकार पौडेलले प्रस्तुत गरेको बताए।
यसैगरी समालोचक गीता त्रिपाठीले प्रेम, बन्धन, स्वतन्त्रता तथा धोकालाई नारीको पक्षबाट नारीले भोगेको विषयलाई सहज रूपमा उक्त उपन्यासमा प्रस्तुत गरिएको धारणा राखिन्।
‘आधुनिक नारीका यौन कुण्ठालाई उपन्यासले कलात्मक तरिकाले प्रस्तुत गरेको छ’, त्रिपाठीको भनाइ थियो।
कार्यक्रममा साहित्यकारहरु एसपी कोइराला, भोजराज घिमिरे, डा कृष्णहरि बराल, प्रकाश सायमीलगायतको उपस्थिति थियो।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ।

प्रतिक्रिया