काँग्रेसका नेता नवजोत सिंह सिद्धुले अमरिन्दर सिंह मन्त्रिमण्डलबाट राजीनामा दिएका छन्।
सिद्धुले ट्वीटमा भनेका छन् कि उनी मुख्यमन्त्री अमरिन्दर सिंहलाई राजीनामा पत्र पठाउँदै छन्।
पन्जाबका मुख्यमन्त्री अमरिन्दर र सिद्धुबीच लामो समयदेखि सम्बन्ध चिसिएको खबरहरु आएका थिए।
अमरिन्दरले लोकसभा चुनावमा पन्जाबमा काँग्रेसको प्रदर्शनमा सिद्धुले उल्लेखनीय भूमिका नखेलेको आरोप लगाएका थिए।
यसपछि जुन ६ मा अमरिन्दरले सिद्धुसहित कैयौं मन्त्रीको भूमिका बदलिदिएका थिए।
— Navjot Singh Sidhu (@sherryontopp) July 14, 2019Will be sending my resignation to the Chief Minister, Punjab.
आफ्नो मन्त्रालय परिवर्तन भएपछि सिद्धुले मन्त्रिमण्डलको वैठकमा भाग लिएका थिएनन्।
सिद्धुले भनेका थिए,‘मलाई हल्का रुपमा लिनु गलत हुनेछ। मेरो विभागलाई सार्वजनिक रुपमा निशाना बनाइएको छ। म उहाँलाई जहिल्यै ठूलोदाईको रुपमा हेर्दै आएको छु। म उहाँको कुरा सुन्छु। तर यस कार्यले मलाई दुख लागेको छ।’


प्रतिक्रिया