कारोबार


दूधको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि

दूधको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि

नेपालखबर
असार २, २०७७ मंगलबार ५:४५,

बागलुङमा दूधको मूल्य वृद्धि भएको छ। बागलुङ दुग्ध व्यवसायी संघले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँका दरले वृद्धि गरेको हो।

यसअघि दुधको खुद्रा मूल्य प्रतिलिटर ८० रुपैयाँ थियो। २० रुपैयाँ बृद्धि भएपछि अब दुधको मूल्य प्रतिलिटर एक सय रुपैयाँ पर्ने भएको छ।

संघले दूधको मूल्यवृद्धिसँगै दुग्धजन्य पदार्थको समेत मूल्य समायोजन गरेको बागलुङ दुग्ध व्यवसायी संघका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए।

वर्तमान समयमा पशु आहार तथा पशुपालन व्यवसायमा संलग्न सामग्रीको मूल्यमा भएको वृद्धि तथा नेपाल सरकारको दूधमा गरेको मूल्य समायोजनअनुसार बागलुङमासमेत दूध तथा दूधजन्य पदार्थको मूल्यमा वृद्धि गरिएको क्षत्रीले बताए।

विसं २०७२ चैत १ गतेपछि दुधजन्य पदार्थमा कुनै पनि मूल्य समायोजन नभएको भन्दै किसानले दुधको मूल्य बढाउन माग गर्दै आएका थिए।

यही असार १ गतेदेखि लागू हुने गरी दूध प्रतिलिटर एक सय दही प्रतिलिटर १२०, पनिर ८००, घ्यू प्रतिकेजी एक हजार ३००, खुवा प्रतिकेजी एक हजार २००, छुर्पी एक हजार, लस्सी २०० मिलीलिटरको ५०, आइक्रिम प्रतिकोन ४० र नौनी एक हजार कायम गरिएको छ।

‘लामो समयदेखि मूल्यवृद्धि हुन नस्कनु र किसानलाई दूध उत्पादनमा लागत बढ्दै जाँदा दूधको मूल्यमा वृद्धि गर्न परेको हो’, अध्यक्ष क्षेत्रीले भने, ‘किसानलाई मर्का पर्ने अवस्था आएपछि लामो समयपछि दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि गरेका हौं।’

दूग्ध व्यवसायी मर्कामा परेको गुनासो आएपछि सरोकारवालासँगको छलफलका आधारमा नै मूल्य समायोजन गरिएको दुग्ध व्यवसायी संघका सचिव मुक्तिराम आचार्यले बताए। एकैपटक दूधमा प्रतिलिटर २० मूल्यवृद्धि गर्दा मर्का पर्ने गुनासो उपभोक्ताले गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad